दफा ३०क
नेपाल सरकारसंगको सम्पर्क
समितिले आफ्नो काम कारवाहीको सिलसिलामा नेपाल
सरकारसंग सम्पर्क राख्दा वा दफा २१ बमोजिम नेपाल सरकारले समितिलाई कुनै निर्देशन
दिंदा सञ्‍चार तथा सूचना प्रविधि मन्त्रालय मार्फत सम्पर्क राख्नु वा निर्देशन दिनु पर्दछ ।